चिनियाँ र अमेरिकी राजदूतद्वारा दसैँको टीका ग्रहण


काठमाडौँ, ३० असोज । नेपालमै रहेका केही जातिहरूले दसैँ बहिस्कार गरिरहेका बेलामा विदेशीहरूले पनि दसैँलाई आफ्नै चाडजस्तो मारेर मनाउने क्रम बढेको छ । विशेष गरेर विदेशी राजदूतहरूले त नेपालीले जस्तै गरेर टीका तथा जमरा ग्रहण गर्ने र अरूलाई पनि टीका लगाइदिने गरेका छन् । 

यस क्रममा शुक्रवार विजया दशमीका दिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी, चिनियाँ राजदूत होउ यान्छीले दसैंको टीका ग्रहण गरेकी छिन् । बेरीले महाराजगन्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरे भने यान्छीले नक्सालस्थित दूतावासमा टीका ग्रहण गरिन् । राजदूत बेरीले टीका ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले आफूले टीका ग्रहण गरेपछि बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।यता यान्छीले दसैँको टीका लगाउन पाएकोमा खुसी व्यक्त गर्दै सञ्जालमा लेखेकी छिन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुसी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मङ्गलमय शुभकामना गर्दछु ।’ 

प्रतिक्रिया दिनुहोस्