ताइवानको एउटा भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु


काठमाडौँ, २८ असोज । दक्षिणी ताइवानको एउटा भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । आगलागीमा परी कम्तीमा ४१ जना घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । स्थानीय अग्नि नियन्त्रण अधिकारीहरूले काओसुङ सहरको एक १३ तले भवनमा बिहिबार बिहान करिब तीन बजेतिर आगो लागेको बताएका छन् ।

भीषण आगलागी भएको र धेरै तलाहरू ध्वस्त विभागले जनाएको छ । पुरै भवनमा आगो लागेको हुँदा नियन्त्रणमा लिन चार घण्टा भन्दा बढी समय लागेको बताइएको छ । आगलागीको कारण अझै स्पष्ट हुन नसकेको, आगलागीको कारण खोज्न अनुसन्धान सुरु गरिएको बताइएको छ । घटनास्थल नजिकैका मानिसहरूले आगलागी हुनुपुर्व विस्फोट भए जस्तो ठूलो आवाज सुनेको बीबीसीले जनाएको छ ।

अधिकारीहरूकाअनुसार आगलागीमा परेका ७९ जनालाई अस्पताल लगिएको र तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्