काठमाडौँ, १८ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको प्रस्तावित ३३१ सदस्यीय बन्ने टुङ्गो लागेको छ । तत्कालीन युवा सङ्घ र वाइसीएल नेपालबिचको एकीकरणमा केन्द्रीय कमिटीको नामावली पारित गरेको हो ।
३३५ मध्ये रिक्त रहन गएका सदस्यहरू साबिकको वाइसीएलले मनोनीत गर्ने सहइञ्चार्ज तथा संयोजक दीपशिखाले जानकारी दिएका छन् ।
संयोजक दीपशिखाका अनुसार पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गते हुने र कात्तिक २० र २१ गते काठमाडौँमा भेला हुनेछ ।
राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीका ३३१ सदस्य सूची