मासु भाग लगाउने क्रममा विवाद हुँदा सिन्धुलीमा एक जना युवकको हत्या


सिन्धुली, २७ असोज । मासु काटेर भाग लगाउने क्रममा भएको विवादले उग्र रूप लिँदा सिन्धुलीमा एक जना युवकले ज्यान गुमाएका छन् । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या भएको जनाएको छ ।

फूलपातीको अवसरमा स्थानीय मिली गाउँमा राँगा काटेर मासु भाग लगाउने क्रममा विवाद भएको थियो । झगडाले उग्र रूप लिँदा विक्रममाथि दाउराको चिर्पट प्रहार भएको थियो । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका लामगादेको उपचारको क्रममा मृत्यु भएको थियो । 

उनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगरलाई पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्