आँधीमा परेर फिलिपिन्समा ९ जनाको मृत्यु


काठमाडौँ, २७ असोज । फिलिपिन्समा आएको आँधीमा परेर ९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार  फिलिपिन्सको उष्ण तटीय भिषणा आँधी कोम्पासुका कारण आएको बाढी र पहिरोमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ  । 

आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो गएको छ । जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन् ।आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रमा १६ सय भन्दा बढी मानिसलाई विस्थापित भएका त्यहाँको वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाएको छ । स्थानीय समय अनुसार बिहान १० बजेतिर तुफान लुजोन टापुको उत्तर पूर्वी भागबाट आँधी सुरु भएको थियो । तुफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टाको गतिमा आएको थियो । 

यसैबिच उत्तरी फिलिपिन्समा भारी वर्षाको कारण पहिरो र बाढी आउन सक्ने चेतावनी त्यहाँको स्थानीय प्रशासनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्