बैङ्क लुटपाट गर्ने दुई भारतीयसहित तीन जना पक्राउ


मोरङ, २६ असोज । धनपालथान गाउँपालिकामा बैङ्क लुटपाटको प्रयास गर्ने तीन जना पक्राउ परेका छन् । उक्त घटनामा दुई जना भारतीय र एक नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार रहेका छन् । अर्का  विराटनगर महानगरपालिका–३ मुनाल पथका ३२ वर्षीय श्याम मुखिया रहेको रहेका छन् । 

लुटपाटको प्रयासपछि भाग्दै गर्दा प्रहरीले उनीहरूलाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो । प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक बहरदार घाइते भएका छन् । तीन जनालाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसी बताए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद गरेको छ ।

लुटेराले प्रयोग गरेको को२५प ३८९९ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ । लुटपाटमा प्रयोग भएको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङबाट बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्