‘पाकिस्तानी परमाणु बम’ का पिता कादिरको निधन


काठमाडौँ, २५ असोज । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने अब्दुल कादिर खानको निधन भएको छ । कोभिड–१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो । 

सन् १९७० को दशको सुरुआतमा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउने दिशातर्फ डोहो¥याउन उनको महत्त्वपूर्ण भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रसिद अहमदले राजधानी इस्लामवादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् ।उनको राजकीय सम्मान साथ अन्तिम बिदाइ गरिएको छ । साथै कादरीको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको स्थानीय प्रशासनले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्