लखिमपुर हत्याकाण्डका आरोपी भारतीय केन्द्रीय गृहमन्त्रीका छोराले गरे आत्मसमर्पण


काठमाडौँ, २३ असोज । लखिमपुर हत्याकाण्डका मुख्य आरापी आशिष मिश्रले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्रका छोरा आशिषले भेष बदल्दै अपराध महाशाखा पुगेर आत्मसमर्पण गरेका हुन् । 

उनले १२ वटाभन्दा धेरै पेन ड्राइभ बोकेर प्रहरी समक्ष पुगेको मिडियाले बताएका छन् । पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घटनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्ने बताइएको छ । घटनाको मुख्य आरोपी बताए पनि उनले आफू घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । 

साथै गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कुल्चिएको र एक जना किसानमाथि गोली हानेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्