गृहमन्त्री बालकृष्ण खाँणलाई दिइयो दोस्रो वरियता


काठमाडौँ, २२ असोज । शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरियतामा परेका छन् । नेपाली काँग्रेस प्रमुख सचेतकसमेत रहेका खाँणलाई प्रधानमन्त्री देउवाले दोस्रो वरियतामा पारेका हुन् । तर यो मन्त्रीपरिषद् कसैलाई पनि उपप्रधानमन्त्री भने बनाएको पाइँदैन । 


शुक्रवार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्य विभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । 

नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई आजै शपथ खुवाइने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्