ट्राफिक प्रहरी जवान राजकुमार गौतमलाई शौर्य पदक


मोरङ, २२ असोज । शान्ति अमन चयनमा विशेष योगदान र अपराध नियन्त्रण गर्ने सिलसिलामा विशेष बहादुरीका साथ काम गरेबापत मोरङको मधुमल्लास्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान राजकुमार गौतम शौर्य पदकबाट विभूषित भएका छन् । 

संविधान दिवसका अवसरमा प्रहरी जवान राजकुमार गौतम उक्त पदकबाट विभूषित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कारको घोषण भएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गौतमलाई बुधवार पदक र सम्मान पत्र प्रदान गरेका थिए ।

नेपालमा अमनचयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने सिलसिलामा विशेष बहादुरीका साथ महत्त्वपूर्ण काम गर्ने प्रहरी जवान एवम् अधिकृतलाई यो पदक प्रदान गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्