गोहीको आक्रमणबाट एक बालकको मृत्यु


सप्तरी। गोहीको आक्रमणबाट सप्तरीमा एक बालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव गोठाला गएका बेला गोहीको आक्रमणबाट मृत्यु भएको हो ।

बुधवार गोठाला गएका रुपेश बेपत्ता भए पछि खोजी गर्ने क्रममा गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्‍याएका अवस्थामा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ ।

प्रहरीका अनुसार पानीमा बसेको भैँसी निकाल्न जाने क्रममा गोहीले रुपेशलाई आक्रमण गरेको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्