चितवन टाइगर्स ईपीएलको फाइनलमा प्रवेश


काठमाडौँ, २० असोज । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा जारी ईपीएलमा चितवन टाइगर्स प्रवेस गरेको छ । बुधवार भएको क्वालीफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर्सको टिम फाइनलमा प्रवेस गरेको हो ।


पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा एक विकेट गुमाउँदै पूरा ग¥यो । चितवनका लागि मोहम्मद साहजादले सर्वाधिक ४८ रनको योगदान गरे । हसिम अन्सारीले १४ रन बनाउँदा करिम जन्नतले ४ रन जोडेका थिए ।


बलिङतर्फ पोखराका लागि नन्दन यादवले एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ र सुशन भारीले १२ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन् ।


बलिङतर्फ चितवनका लागि सागर ढकाल र साहव आलमले समान चार–चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले १४ रन खर्चिए । साहवले चार ओभर बलिङ गरेर १० रन खर्चिए । चितवनका लागि कप्तान सोमपाल कामी र करिम जन्नतले समान एक–एक विकेट लिए । 
प्रतियोगिताको फाइनल खेल आगामी शनिवार हुने छ । 

प्रतिक्रिया दिनुहोस्