फुमियो किसिदा बने जापानको प्रधानमन्त्री


काठमाडौँ, १९ असोज । फुमियो किसिदा जापानका नयाँ प्रधानमन्त्री बनेका छन् । जापानी संसदका दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो ।

गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन् । किसिदा जापानको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको बिबिसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्