सुन्दरहरैँचा नगरपालिकाको नियमित बजार अनुगमन : ठूलो मात्रामा म्याद नाघेका औषधि फेला


सुन्दररहैँचा, १८ असोज । सुन्दरहरैँचामा नगरपालिकाले बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिरहेको छ । अनुगमन टोलीले म्याद नाघेका औषधी तथा खाद्य पदार्थ फेला पारेको छ । सुन्दरहरैँचा वडा नम्बर ४ को बलियामा सञ्चालित शुभलक्ष्मी फार्मेसीबाट अनुगमन टोलीले ठूलो मात्रामा उपभोग्य म्याद नाघेका औषधी फेला पारेको हो । 

अनुगमन टोलीले उक्त पसलबाट एपी थ्रो, पेप्सा, नेत्टल इन्डो क्ल्याब सिरफजस्ता ७६ प्रकारका औषधी फेला पारेर जफत गरेको छ । किशोरकुमार सरदारको नाममा रहेको सो फार्मेसीमा सम्बन्धित व्यक्ति नबसी अर्कै व्यक्तिले औषधि बिक्री गरेकोसमेत पाइएको अनुगमन समिति सदस्य तथा नगरपालिकाका सूचना अधिकारी जीवन चापागाईँले बताएका छन् ।

औषधी व्यवस्था विभागमा दर्ता नभएको र अव्यवस्थित औषधी पसल सञ्चालन गरेको तथा अनुगमन टोलीलाई कुनै कागजात नदेखाएको र औषधी खरिदको बिल भरपाई नभएकाले टोलीले तत्कालका लागि पसल सिल गरेको अनुगमन समिति सदस्य तथा नगरपालिकाका सूचना अधिकारी जीवन चापागाईँले बताए ।केहीले दर्ता नै नगरी पसल सञ्चालन गरेको अनुगमनको क्रममा फेला पारेको छ । 

प्रतिक्रिया दिनुहोस्