झापाको दमकमा ६४ अर्बको औद्योगिक पार्क


काठमाडौँ, १६ असोज । झापाको दमकमा चिनियाँ लगानीमा ६४ अर्बको औद्योगिक पार्क निर्माण हुने भएको छ ।

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबिच पार्क निर्माण लगानीको लागि सम्झौता भएको छ ।

६४ अर्ब लगानीमा निर्माण हुने पार्कको नाम ‘चाईन–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ । ७ प्रदेशमा नै औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य रहेको र सोही अनुसार चिनियाँ लगानीमा पार्क निर्माण कार्य सुरु गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्