बेलबारीमा बिहानै आगलागी, आगो निभाउन हम्मे हम्मे


बेलबारी, १८ असोज । बेलबारीमा एका बिहानै आगलागी भएको छ । बेलबारी नगरपालिका वडा नं ३ सुन्दर टोलमा रहेको खड्गबहादुर राईको घरमा आगलागी हुँदा स्थानीय खड्गबहादुर राईको काठको टाढे घर जलेर नष्ट भएको हो ।

बिहान ४. बजेबाट सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन प्रहरी, स्थानीयलाई हम्मे हम्मे परेको थियो । आगोलाई नियन्त्रणमा लिन बेलबारी नगरपालिका र सुन्दरहरैँचाको, कानेपोखरी, उर्लाबारी, लेटाङ लगायतका स्थानीय पालिकाका वरुण यन्त्रको प्रयोग गरिएको थियो । आगलागीमा परेर स्थानीय खड्कबहादुर राईको काठको टाँडे घर पूर्ण रूपमा क्षति भएको छ । 

आगलागीमा परेर घरमा रहेका धानको भकारी तथा दुई वटा सुँगुर मरेको बताइए पनि पूरा क्षतिको विवरण आउन भने बाँकी रहेको बताइएको छ । घरमा विद्युतसट भएर आगलागी भएको बताइए पनि आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्