दशैंँमा इन्धनको अभाव नहुने


काठमाडौँ , १६ असोज। दशैंँ नजिकिँदै गर्दा इन्धनको अभाव झेल्नु पर्ने उपभोक्ताको आशङ्का अन्त्य गर्दै नेपाल आयल निगमले दसैँमा कुनै पनि खाले इन्धनको अभाव नहुने स्पष्ट पारेको छ ।

दशैंँ नजिकिए सँगै देशभरका मुख्य सहरहरूमा इन्धन खपत बढेको छ । दशैंँ द्वारा इन्धन खपतमा वृदी भएता पनि अभाव नहुने निगम स्पष्ट पारेको हो । निगमले अभावको आशङ्कामा असुरक्षित भण्डारण नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ ।

निगमले आफ्ना सबै डिपोहरूमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको र पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले दसैँमा पनि अभाव सिर्जना नहुने निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले जानकारी दिएका छन् ।

२० हजार किलोलिटर तेल बुधवारदेखि पाईपलाईनबाट झरिरहेको र पाइपलाइनका कारण विस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको पौडेलले जानकारी दिए । यसका अलवा डिपोहरूमा इन्धन र्पुयाएर फर्किने सबै ट्याङ्करमा पूर्ण रूपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्