एपिएफ र डायमण्ड पुनः उपाधीका लागि भिड्ने


काठमाडौँ, १६ असोज । विभागीय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका लागि पुनः भिड्ने भएका छन् ।

पाँचौँ संस्करणमा पनि दुई टोली बिच उपाधीका लागि भिडन्त भएकोमा एपिएफले बाजी मारेको थियो ।शुक्रवार सम्पन्न निकैनै प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली एपिएफले अर्को विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३ – २ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

एपिएफले पहिलो सेट २७–२५ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २१–२५ ले गुमाउन पुगेको एपिएफ तेस्रो सेट पनि २५–२७ ले गुमाउन पुग्यो । हारको नजिक पुगेको एपिएफ आफूलाई सम्हाल्दै चौथो सेटमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पु¥याउन सफल भयो । अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाइनल यत्र तय ग¥यो ।

यस्तै दोस्रो खेल पनि निकैनै रोमाञ्चक रह्यो । होङ्गवान्जी न्यू डायमण्डले पुलिस माथि ३–२ को जित निकाल्दै उपाधीका लागि चिरप्रतिद्वन्दि एपिएफ सँगको भेट पक्का ग¥यो । पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पेको डायमण्डले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । यस्तै पुन तेस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पन पुगेको डायमण्ड चौथो सेटमा सम्हालिँदै २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पु¥याउन सफल भयो । तेस्रो तथा अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधीको निकट पुग्यो ।चैत्र महिनामा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्