साफ च्याम्पियनसिपमा नेपालको पहिलो जित


काठमाडौँ, १६ असोज । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध जित हासिल गरेको छ । खेलको ८६ औँ मिनेटमा मनिषले गोलसँगै नेपालले लाएको गोलसँगै नेपालले आफ्नो जीत हाता पारेको हो । काउन्टर अट्याकमा आएको आक्रमणलाई युवा स्ट्राइकर मनिष डाँगीले अघि बढाउँदै गोल गरेका थिए ।


यस क्रममा उनले तीन डिफेन्डरको चुनौतिको सामना गर्नु परेको थियो । पहिलो खेलमा १–० को जित दर्ता गर्दै नेपालले ३ अङ्क जोडेको छ ।डाँगी दोस्रो हाफको ६९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदानमा प्रवेश गरेको ८२ औँ मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गरेका थिए ।


यसआघको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बङ्गलादेशले १–० को जित हासिल गर्दै ३ अङ्क जोडेको हो । नेपालले हालसम्म साफको १२ संस्करणमा खेल्दा २ पटक मात्र पहिलो खेलमा जित हासिल गरेको इतिहास छ । 

प्रतिक्रिया दिनुहोस्