सभामुखको हैसियतमा महराले पाएको सुविधा फिर्ता


काठमाडौँ, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।

क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी महराको सुरक्षामा खटिएका सबै फिर्ता भएका छन् भने सभामुखको हैसियतमा बा२झ १२६८ नम्बरको चढ्दै आएका गाडी बिहीबार संसद् सचिवालयको सवारी शाखालाई बुझाइएको महराका सञ्चारविज्ञ डिल्ली मल्लले बताएका छन् ।

संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपको कारण महराले राजीनामा दिनु गरेको थियो । बालुवाटार स्थित सरकारी भवनमा बस्दै आएका महराले सर्नका लागि डेरा खोजी रहेको सञ्चारविज्ञ मल्लले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्