फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय


काठमाडौँ, १५ असोज । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले एक वर्ष सजाय तोकेको छ । सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भनी दोषी ठहर गर्दै सार्कोजीले सो सजाय सुनाएको हो । 

उनले यस मुद्दामा माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन् । माथिल्लो अदालतमा पुनरावेदन गर्ने भए पछि अदालतले एक वर्षे जेल सजाय सुनाए पनि ६६ वर्षीय सार्कोजीले जेल जानबाट भने बचेका छन् । सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए ।

उनीमाथि निर्वाचनमा अधिकतम खर्च गर्न तोकिएको सीमाभन्दा लगभग दोब्बर २२.५ मिलियन यूरो (२६ मिलियन डलर) रकम खर्च गरेको आरोप लागेको थियो । तर उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्