प्रमुख सचेतक भट्टराई भन्छन् ‘संसदको गतिरोध अन्त्य गर्न सरकारले एमालेसँग मात्रै वार्ता गर्नुपर्छ’


काठमाडौं, १४ असोज । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले संसद्को गतिरोध अन्त्य गर्न सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग सिधै वार्ता गर्नु पर्ने बताएका छन् । बिहीवार संसद् भवनमा बोल्दै प्रमुख सचेतक भट्टराईले उक्त कुरा बताएका हुन् । 

भट्टराईले प्रमुख प्रतिपक्षी दलले उठाएका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँग मात्र सिधै छलफल गर्नुपर्ने बताए । एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । 

भट्टराईले एमालेको गरिरहेको अवरोधको कारण वर्तमान सभामुख र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्