चट्याङले भेडा मरे पछि किसानहरू चिन्तित : चट्याङबाट ४० वटा भेडा मरे


जुम्ला, १३ असोज । चट्याङमा परेर ४० वटा भेडा मरेका छन् । यसरी चौरी मरे पछि गुठी चौरका किसान चिन्तित भएका छन् । सोमबार राति १० बजेतिर परेको चट्याङले ४० वटा भेडा मरेपछि गुठी चौरका किसान चिन्तित भएका हुन् । 

जुम्लाको गुठी चौर गाउँपालिका ४ मा रहेको डाबा लेख भन्ने पाटनमा चट्याङ लागेर ४० वटा भेडा मरेका छन् भने चट्याङमा परेर १५ वटा भेडा घाइते भएका छन् ।यो क्षेत्र किसानको भेडा पाल्ने क्षेत्रको रूपमा चिनिन्छ ।

गुठी चौर क्षेत्रका अधिकांश नागरिकको मुख्य आम्दानीको स्रोत भेडापालन नै हो । गुठी चौर गाउँपालिकाका चार जना भेडा किसानका २०० भन्दा बढी भेडा रहेका थिए । चट्याङमा परेर साढे छ लाख रुपैयाँ बराबरका भेडा मरेको स्थानीय मुणिप्रसाद अधिकारी बताउँछन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महत प्रहरीको मुचुल्का, मरेका भेडाको फोटो, वडाको सिफारिस, सम्बन्धित किसानको नागरिकताको प्रतिलिपि लिएर किसानले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र सोही आधारमा किसानले राहत पाउने बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्