सरकारले संविधान मिच्दा पनि मिडिया चुप रहेको नेकपा अध्यक्ष ओलीको आरोप


काठमाडौँ, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान मिच्दासमेत मिडिया मौन बसेको आरोप लाएका छन् । मङ्गलवार पत्रिकाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले उक्त आरोप लाएका हुन् । 

ओलीले आफू प्रधानमन्त्री हुँदा स–सानो कुरामासमेत विरोध गर्ने मिडिया अहिलेको सरकारले संविधान मिच्दासमेत चुप लागेकोमा भने दुःख व्यक्त गरेका छन् । उनले विगतमा आफ्नो सरकारको खरो विरोध गर्ने मिडियालाई वर्तमान सरकारले छानी छानी पदक दिएकोसमेत उनको आरोप रहेको थियो ।        

सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गर्दै उनले भने ‘मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ ।’  

प्रतिक्रिया दिनुहोस्