चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने नेता नेपालको भनाइ


हेटौँडा, १० असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शनिवार हेटौँडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले उक्त कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केन्द्रमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बागमती र प्रदेश–१ को सरकार फेरबदलमा लाग्ने जानकारी दिए । उनले भने ‘नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्ने छ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो ।’

नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको तानाशाही, स्वेच्छाचारी, अंहकार र दम्भका कारणले नै आफूहरूले उनको साथ छाडेको बताए । कमजोरी र गलत कार्यको विरुद्धमा पटक पटक आवाज उठाउँदा आफूहरूले कारबाही भागिदार हुनु परेको, त्यही कारणले नयाँ दल गठन गर्नु परेको नेपालको तर्क थियो । 

प्रतिक्रिया दिनुहोस्