स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न कार्यकर्तालाई देउवाको आग्रह


काठमाडौँ, ९ असोज । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनमा जनताको मन जित्ने खालको नेतृत्व चयन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले जनताको मन जित्ने मानिसलाई नेतृत्वमा पुर्‍याउन अनुरोध गरेका हुन् । 

शनिवारदेखि सुरु भएको स्थानीय तहस्तरको अधिवेशनमा कतिपय स्थानमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ भने धेरै ठाउँमा भने प्रतिस्पर्धा भइरहेको छ । देउवाले पार्टीप्रतिको विश्वास र प्रतिबद्धताअनुसारको कामले मात्र काँग्रेसलाई बलियो बनाउने बताउँदै जनताको मन जित्ने गरी नगर तथा गाउँपालिकामा प्रतिनिधि छनोट गर्न आग्रह गरेका छन् । 

आसन्न काँग्रेसको १४ औँ महाधिवेशनका लागि शनिवार वडा तहको अधिवेशन भइसकेका जिल्लामा गाउँ तथा नगरपालिकाको अधिवेशन हुँदैछ 

प्रतिक्रिया दिनुहोस्