पथरीशनिश्चरेमा नकआउट फुटबल प्रतियोगिता हुने


मोरङ । पथरीशनिश्चरे नगरपालिका – १ पथरीमा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । त्यहाँ स्थित सुनाखरी युवा क्लब पथरीको आयोजनामा असोज २९ गतेदेखि प्रतियोगिता हुने आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।


प्रतियोगितामा झापा, मोरङ र सुनसरीको आठ वटा टिम सहभागी हुने आयोजक क्लबको खेल संयोजक नवीन ढकालले बताए । जसमध्ये मोरङको पथरी स्पोर्टिङ क्लब, सुनाखरी फुटबल क्लब पथरी, योसेक फुटबल क्लब उर्लाबारी, लेटाङ फुटबल क्लब, डागिहाट फुटबल क्लब, झापाको दमक फुटबल एकेडेमी, एपिएफ फुटबल क्लब र पञ्चायत फुटबल क्लब सुनसरी सहभागी हुने आयोजक सुनखरी युवा क्लबको अध्यक्ष मिलन चाम्लिङ राईले बताए ।


विजेता टिमलाई ८१ हजार १११, उप विजेतालाई ५१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल समितिको सचिव टाइवन राईले बताए । खेल प्रतियोगिताको अनुमानित ८ लाख ५२ हजार रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्