नारायणहिटी सङ्ग्राहलयको श्रीपेच चोर्न खोज्ने पश्चिम रुकुमका युवक प्रहरीको नियन्त्रणमा


 काठमाडौँ, ९ असोज । नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रवार रुकुम पश्चिमका २५ वर्षे युवा खेमबहादुर घर्तीलाई श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सङ्ग्रहालय घुम्न छिरेका ती युवकले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले रुकुम मुसिकोटका २५ वर्षका खेमबहादुर भण्डारी श्रीपेच चोर्नेक्रममा पक्राउ परेको बताएका छन् । 

दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका ती युवकले पूर्वराजाको श्रीपेच रहेकै कोठाबाट खुकुरी प्रहार गरेर सिसा फुटाउने प्रयास गरेका थिए । तर उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्