१० बुँदे सहमति कार्यान्वयनमा अनिच्छा देखाएको भन्दै नेता रावलको असन्तुष्टि


काठमाडौँ, ९ असोज । आन्तरिक एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा पार्टी नेतृत्व अनिच्छुक देखिएको भन्दै दोस्रो तहका नेताहरूले असन्तुष्टि जनाएका छन् । १० बुँदे सहमतिको नेतृत्वसमेत गरेका पार्टी उपाध्यक्ष भीम रावलले शुक्रवारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सहमतिलाई कार्यान्वयनमा नेतृत्व इच्छुक नदेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

उनले १० बुँदे सहमतिलाई बैठकको एजेन्डा बनाउन गरेका थिए । उपाध्यक्ष रावलले १० बुँदे सहमति चाँडो कार्यान्वयन गर्न आग्रह गर्दै यदि कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौति दिएका थिए । 

उनले अध्यक्ष ओलीलाई प्रश्न गर्दै भने ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको सङ्गठनात्मक संरचना कायम होस् । यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ ?’ 

जवाफमा अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठकबाट टुङ्गो लगाउने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्