एमसिसीका विवादित विषयलाई परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने नेता थापाको भनाइ


चितवन, ९ असोज । नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता थापाले प्रेस चौतारीले शुक्रवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा विवादमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन् । लोकतन्त्रमा सबैलाई आफ्नो बिचार राख्ने अधिकार भएको बताउँदै नेता थापाले अभिव्यक्तिको स्वतन्त्रता हनन् गर्न नसकिने बताए ।

उनले लिम्पियाधुरा, कालापानी, एमसिसी लगायतका विषयमा आफ्नो धारणा धारणा राख्न पाउनु पर्ने बताए । वर्तमान सरकारले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्