केदार अधिकारीले दिए नेपाली काँग्रेस मोरङ ३ (ख) को सभापतिमा उम्मेदवारी


बेलबारी, ८ असोज । मोरङ क्षेत्र नम्बर ३ (ख) को सभापतिमा केदार अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बेलबारी –३ मा रहेको ड्रिमल्याण्ड फन प्रा.लि.मा एक पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । 

वयोवृद्ध नेताहरूको पार्टीमा हाबी भइरहेको बेलामा पार्टीको सुदृढीकरणका लागि युवाहरूको सहभागिता आवश्यकता रहेकोले पार्टीमा युवाको सहभागिताको सुनिश्चित गर्ने अभिप्रायले आफूले उम्मेदवारी दिएको उनी बताउँछन् । झापाको तोपगाछीमा जन्मिएका अधिकारी २०६० सालदेखि बेलबारीमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

स्नातकोत्तर सम्मको अध्ययन गरेका अधिकारीको राजनीतिका साथै समाजसेवामा पनि उतिकै सक्रियता रहँदै आएको छ । २०५१ सालमा पार्टीको क्रियाशील सदस्यता लिएका उनले २०६६ सालमा नेपाली काँग्रेस बेलबारीको गाँउसदस्य र २०६७ मा इलाका सदस्य हुँदै १३ औँ महाधिवेशनमा क्षेत्रीय सदस्य निर्वाचित भएका थिए ।

बेलबारी जेसिजका एक मात्र मानार्थ सदस्य रहेका अधिकारी बेलबारी उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, रेडियो बेतना संस्थापक कोषाध्यक्ष लगायतका थुप्रै सामाजिक सङ्घ संस्थामा आबद्ध रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्