पाकिस्तानी क्रिकेट शाहिद अफ्रिदी काठमाडौँमा


काठमाडौं, ८ असोज । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि बिहीवार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण खेल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाडौंसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अफ्रिदीले काठमाडौं किङ्ग्स–११ बाट चौथौँ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् । ४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार ७१६ रन, ३९८ एक दिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार ४१६ रन बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्