नेकपा एकीकृत समाजवादीमा ३०१ सदस्यीय केन्द्रीय कमिटी


काठमाडौँ, ७ असोज । नेकपा (एकीकृत समाजवादी) ले ३०१ सदस्सीय केन्द्रीय कमिटीको निर्माण गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले सात जना उपाध्यक्षसहित ३०१ सदस्सीय केन्द्रीय कमिटीको गठन गरेको हो ।

बैठक असोज ५ गतेदेखि सुरु भएको थियो । बैठकले सात जना उपाध्यक्ष, तीन जना उपमहासचिव र पाँच जना सचिव तोकेको छ । त्यस्तै ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन भएको छ ।

यस्तै, पार्टीमा नेता बेदुराम भुसाल महासचिव बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्