वडाध्यक्षमाथि भएको हातपातको विषयलाई लिएर पौडेल समूहको विरोध


काठमाडौँ, ७ असोज । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेका काँग्रेसका कार्यकर्तामाथि  हातपात गरेको भन्दै संस्थापन इतर समूह नेताहरूले विरोध जनाएका छन् । यही विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको हो ।

क्रियाशील सदस्यताको विषयलाई लिएर मङ्गलवार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंह र सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोबिच विवाद भएको थियो ।

विवादले हालहालाको अवस्था पुगेको थियो ।  पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियोसमेत यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता तथा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्