साहित्यकार तथा समाजसेवी केशवमणि दीक्षितको निधन


काठमाडौँ, ७ असोज । साहित्यकार तथा समाजसेवी केशवमणि आचार्य दीक्षितको निधन भएको छ । लेखक तथा समाजसेवीको रूपमा परिचित आचार्यको ८८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको हो ।  

नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा उल्लेख्य योगदान दिएका आचार्यका ‘बिपी कोइरालाका तीन उपन्यास एक विहङ्गम दृष्टि’ र ‘पुराना सम्झना’ नामक कृतिले निकै चर्चा पाएका थिए । उनका डेढदर्जनजति कृतिहरू प्रकाशित छन् । 

स्व दीक्षितका श्रीमती, दुई छोरा छोरा र दुई छोरी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्