संविधान दिवसको अवसरमा विभिन्न ९०३ जना विभूषित


काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका ९०३ जना विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी हुन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभूषणका लागि राष्ट्रपतिलाई सिफारिसमा गरेको थियो । यस पटक सम्मानित हुनेमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि लिएर पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसमेत रहेका छन् । 

एकातिर आफूलाई पदक तथा सम्मान दिलाउन दौडधुप गर्नेको सङ्ख्या कम छैन तर सरकारद्वारा प्रदान गर्ने पदक तथा सम्मान अस्वीरकारकहरु पनि कम छैनन् । पछिल्लो समय सकारद्वारा प्रदान गरिने पदक तथा सम्मान अस्वीकार गर्नेको क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्