राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा


काठमाडौँ, २ असोज । सरकारले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिने निर्णय गरेको छ । राष्ट्रपतिको कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ५३१ जनाको कैद मिनाहा गरिदिएको बताएको छ ।

जसअनुसार ५२३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा र ८ जनाको कैद सजाय माफी गरिएको छ ।

२९ भदौको मन्त्रिपरिषद्को बैठकको राष्ट्रपतिकार्यालयलाई कैद कट्टा र आममाफीका लागि सिफारिस गरेको थियो । संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने प्रावधान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्