सुन्दरहरैँचा नगरप्याब्सनको दोस्रो साधारसभा सम्पन्न


सुन्दरहरैंचा, १ असोज । सुन्दरहरैंचा नगर प्याब्सनको दोस्रो साधारण सभा सम्पन्न भएको छ । बिहिबार सुन्दरहरैँचाको जेसिस हलमा सम्पन्न दोस्रो नगर अधिवेशनले दीपेन राईको अध्यक्षतामा सात सदस्सीय समिति निर्वाचित भएका हुन । 

नव निर्वाचित अध्यक्ष राई पूर्वाञ्चल एकेडेमीका प्रिन्सिपल हुन । उनी लामो समय देखि शिक्षा क्षेत्रमा कार्यरत रहँदै आएका छन् । 

नगर प्याब्सनको नवनिर्वाचित समितिमा उपाध्यक्षमा दीपक के.सी, सचिवमा टिका पराजुली, कोषाध्यक्षमा तिलक राई, सदस्यहरूमा सूर्य दङ्गाल, जीवन बस्नेत तथा नर्वदा क्षेत्री निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्