कार दुर्घटनामा परेर बेलबारीकी चन्द्रकलाको मृत्यु


बेलबारी, ३१ भाद्र । कार दुर्घटनामा परेर मोरङको बेलबारी घर भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बिहिवार मोरङको बूढीगङ्गा गाउँपालिकामा भएको दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राईको मृत्यु भएको बताएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठका अनुसार बेलबारीबाट वा ११ च १५७१ नम्बरको विराटनगरतर्फ जाँदै गरेको चन्द्रकला सवार कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा बिहान ११ः३० बजेतिर दुर्घटना भएको र दुर्घटनामा गम्भीर घाइते भएकी राईलाई उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । 

सोही दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीय गीता लिम्बू र ५५ वर्षीय सानी धिमाल घाइते सामान्य भएका छन् । घाइते सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्