सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगको अध्यक्षमा निरौला


काठमाडौँ, ३० भाद्र । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।  भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी आयोग २०७८ गठन गरेको हो । 

अघिल्लो ओली सरकारले गठन गरेको आयोगलाई देउवा नेतृत्वको गठबन्धन सरकारले खारेज गरेको थियो । सरकारले गठन गरेको आयोगको उपाध्यक्षमा महेन्द्र खड्का रहेका छन् । अरू सदस्यहरू भने नियुक्त हुन बाँकी छन् ।

नव नियुक्त अध्यक्ष र उपाध्यक्षले बुधवार नै पद तथा गोपनीयताको शपथ लिइसकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्