१,२२० जना निको हुँदा थप १,७६० जनामा कोरोना सङ्क्रमण


काठमाडौँ, ३० भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा १,२२० जना निको हुँदा थप १,७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा सङ्क्रमण भएको छ ।

जसमध्ये काठमाडौँ उपत्यकामा ४९५ सङ्क्रमित छन् । काठमाडौँमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना सङ्क्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १,२२० जना सङ्क्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्