बेलबारी प्रहरीद्वारा २ जना फरार प्रतिवादीहरू पक्राउ


बेलबारी, ३० भाद्र । इलाका प्रहरी कार्यालय बेलबारीले २ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी १ का लक्ष्मी गुरुङ र बेलबारी ३ का रामबहादुर बन रहेको प्रहरीले जनाएको छ ।                          

पक्राउ परेकामध्ये बेलबारी १ का वनलाई मोरङ जिल्ला अदालतले २०७० वैशाख १२  गते सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद र जरिवाना नगद रू पाँच हजार ठहर गरेको थियो । तर उनी फरार रहँदै आएका थिए ।

त्यस्तै मोरङ जिल्ला अदालतको २०७६-११- १३ को फैसलाले लागु औषध मुद्दामा १० महिना १७ दिन कैद र पाँच हजार जरिवाना ठहर भएका बेलबारी नगरपालिका वडा नं १ बस्ने वर्ष २७ को लक्ष्मी गुरुङ दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा बुझाइएको छ ।

अदालतको आदेशले दुवैजना कारागार चलान भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्