आठ दिनदेखि बेपत्ता पाँचथरकी चार वर्षीय बालिकाको शव फेला


पाँचथर, ३० भाद्र । पाँचथरमा हेंवाखोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव आठदिन पछि फेला परेको छ । भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीय छोरी आँचललाई खोलाले बगाउँदा बेपत्ता भएकी थिइन ।

प्रहरीले आठ दिन पछि बालिकाको शव मङ्गलवार फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बालिकाको शव बेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा फेला परेको बताएका छन् । 

फेला परेको बालिकाको शव प्रहरीले कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्