रहेनन् पेरुका चर्चित कम्युनिस्ट नेता गोञ्जालो


बेलबारी, २७ भाद्र । पेरुका चर्चित कम्युनिस्ट नेता गोन्जालोको निधन भएको छ । आजीवन कारावासको सजाय काटिरहेका दक्षिण अमेरिकी मुलुक पेरुका नेता गोन्जालोको ८६ वर्षको उमेरमा सेप्टेम्बर ११ तारिक बिहान उनको निधन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोञ्जालोको मृत्यु पेरुको एक सैनिक अस्पतालमा भएको बताइएको छ ।गोन्जालोलाई संसारभरका कम्युनिष्टहरुले आदर्श पात्रका रूपमा लिने गर्दछन् । उनी पेरुको विद्रोही समूह साइनिङ पाथका संस्थापक हुन् । उनको पुरा नाम अभिमल गुज्म्यान हो । तर उनी यही नामले प्रशिद्ध थिए । उनी विगत २९ वर्षदेखि समयदेखि पेरुमा बन्दी जीवन बिताइरहेका थिए ।

सन् १९८० र १९९० को दशमा पेरुमा ज्यादै चर्चित र सक्रिय रहेको उनको समूहले हतियारसहितको छापामार युद्ध गरेर पेरुमा तहल्का मच्चाएको थियो । तर, उनी आफ्नै समूहका मानिसको धोकामा परेर पक्राउ परेपछि आजीवन कारावासको सजाय भोगिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्