बेलबारीका पुराना प्रजातान्त्रिक योद्धा सेकेन बहादुर बस्नेतको निधन


बेलबारी, २५ भाद्र । बेलबारीका अग्रज, राजनैतिक तथा सामाजिक व्यक्तित्व सेकेन बहादुर बस्नेतको निधन भएको छ । केही दिनदेखि मुटु तथा मृगौला रोगबाट पीडित भएर नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचाररत बस्नेतको ७८ वर्षीय उमेरमा आज (शुक्रवार) ३ : ३० मा विराटनगरस्थित आफ्नै निवासमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

२०४६ पछि तत्कालिन् बेलबारी गाविस वडा नं ९ (हालको वडा नं ४) का वडा अध्यक्षसमेत रहेर काम गरेका बस्नेत प्रजातान्त्रिक आन्दोलनमा एक योद्धाका रूपमा चिनिन्छन् । विभिन्न सङ्घसंस्थामा रहेर काम गरेका बस्नेतले हालको लक्ष्मी मार्ग बजारको विस्तारमा ठूलो भूमिका निभाएको बताइन्छ ।

श्रीमती, एक छोरा र एक छोरीका पिता स्व बस्नेतको आजै धरानस्थित चतरा घाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको बेलबारी जेसिसका अध्यक्षसमेत रहेका स्थानीय राजेन्द्रबहादुर अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्