रोल्पाको धवाङमा घर भत्किँदा ५ वर्षीय बालिकासहित दुई जनाको मृत्यु


रोल्पा, २१ भाद्र । रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा पाँच वर्षी बालिकासहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका वडा नं १० धवाङका करिब ५ वर्षीय बालिका र ७० वर्षीय गौरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले रोल्पा नगरपालिका– १० धवाङको बाम्लामा मध्यराति पूर्णबहादुर थापाको घर भत्किएको, भत्किएको घरले किचेर दुई जनाको मृत्यु भएको बताए । घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् ।

घर भत्किदा अन्य दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख सुवेदीले बताएका छन् । प्रहरी घटनास्थलमा पुगिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्