वामदेव गौतमले दिए पार्टीबाट राजीनामा


काठमाडौँ, १९ भाद्र । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी बाट राजीनामा दिएका छन् ।  उनले शुक्रवार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका गौतमका निजी सचिवालयले जनाएको छ ।

स्वकीय सचिव दीपक टमाटाले गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएको बताएका छन् । तत्कालीन नेकपाको विवाद देखि नै पार्टी एकीकरण अभियान शुरु गरेका भए पनि गौतमले पार्टी विभाजन रोक्न सकेका थिएनन् ।

गौतम एमाले विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा चलेको थियो । तर जनताको बहुदलीय जनवाद (जबज) मानेको खण्डमा मात्र नेकपा समाजवादीमा पनि जाने सक्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्