गल्र्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि टिम चण्डेश्वरीलाई


काठमाडौँ, १८ भाद्र । टोखास्थित टिम चण्डेश्वरीले गजराज जोशी स्मृति कप २०२१ गल्र्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि उचालेको छ ।नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको उपलक्षमा गजराज जोशी ट्रष्टद्वारा आयोजना गरिएकोको गल्र्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वती माथि २ – १ को जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।

गोल्फुटारस्थित रोयल ईन्डोर क्रिकेट एकेडेमीमा भएको सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो । टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतिमा ६८ रनमा रोक्न सफल भएको थियो । चण्डेश्वरीका संस्कृति फुयाँलले १५ बलमा २ छक्काको मद्धतमा १८ रन र बिपिषा शाहीले १० बलमा १ चौकाको मद्दतले १४ रन जोडे । टिम सरस्वतीका प्रकृति पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अस्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिँदै एक विकेट हात पारेकी थिइन् ।

६९ रनको लक्षका साथ मैदान छिरेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतिमा लक्ष पुरा ग¥यो । सरस्वतीका प्लेयर अफ दि म्याच विन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्दतले ४० रन र हेलिशा गुरुङले १६ बलमा १३ रन जोडिन् । चण्डेश्वरीकी विपिषा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चिन् ।सिरिजको दोस्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको चण्डेश्वरीले ८.१ ओभरमा सबै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो । प्लेयर अफ दि म्याच डल्ली भट्टले ११ बल फेस गर्दै २ छक्काको मद्दतले २१ रन जोडिन् । यस्तै संस्कृति फुयाँलले २२ बलमा १ छक्काको मद्दतले १६ रन र खुसी डङ्गोलले १२ बलमा १ छक्का मद्दतले १२ रन जोडिन् । बलिङ तर्फ सरस्वतीका कृष्मा गुरुङले २.१ ओभरमा ११ रन खर्चँदै ३ विकेट र प्रकृति पोखरेलले ३ ओभरमा २९ रन खर्चँदै २ विकेट हात पारिन् ।

७८ रनको लक्ष पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पुरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङले ३६ बलमा १ छक्का मद्दतले २९ रन र विन्दा कटुवालले २० बलमा १ चौकाको मद्दतले २२ रन जोडिन् । बलिङ तर्फ चण्डेश्वरीका डल्ली भट्टले ३ ओभरमा १२ रन खर्चँदै १ विकेट र विपिषा शाहीले ३ ओभरमा १८ रन खर्चँदै १ विकेट हात पारिन् ।सिरिजको तेस्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमायो । चण्डेश्वरीले टस जितेर पहिले ब्याटिङ रोज्दै ५.३ ओभरमा सबै ७ विकेट गुमाउँदै ३९ रन जोड्यो । उसका लागि प्लेयर अफ दि सोनी पाखरिनले ९ बलमा १ चौकाको मद्दतले १० रन र संस्कृति फुयाँलले ६ बलमा १ छक्का मद्दतले १० रन जोडिन् । बलिङ तर्फ सरस्वतीकी प्रकृति पोखरेलले १ ओभरमा १६ रन खर्चँदै २ विकेट र अस्मिता खरेलले १ ओभरमा दुई रन खर्चँदै २ विकेट हात पारिन् ।

४० रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको सरस्वती ६.५ ओभरमा पुरै ७ विकेट गुमाउँदै ३२ रनमा समेटियो । सरस्वतीका हेलिसा गुरुङले ७ बलमा ६ रन र विन्दा कटुवालले ७ बलमा १ चौका मद्दतले ७ रन जोडिन् । यस्तै बलिङ तर्फ चण्डेश्वरीका सोनी पाखरिन र डल्ली भट्टले समान २ ओभरमा ६ रनका साथ २ विकेट हात पारे ।विजयी खेलाडीहरूलाई ट्रस्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपक राज जोशी, नेपाली काङ्ग्रेस महासमिति सदस्य रामेश्वर के.सी.र गोकर्ण के.सी., महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जन, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ र सचिव दामोदर भट्टराई, नेपाली काँग्रेस टाखा नगर समितिका सचिव एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य रमेश नापित लगायतले पुरस्कार वितरण गरेका थिए ।

महिला क्रिकेट टिम उत्पादन गर्ने उद्देश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरूको दुई टिम स्थापना गरी उक्त टिमका बिच प्रतिस्पर्धा गराइएको प्रशिक्षक रविन जोशीले जानकारी गराए । यसले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरूको सहभागितालाई वृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्