चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा


चितवन, १७ भाद्र । अनियमितताको आरोप खेपिरहेको चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितता लगायतका विषयलाई लिएर उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेको हो ।

अस्पतालविरुद्ध टेण्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्यूनतम औषधिसमेत उपलब्ध नगराएको लगायतका विषयमा उजुरी परेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट उपसचिव विष्णुप्रसाद सापकोटासहित ५ जनाको टोलीले अस्पतालमा पुगेर अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम गरेको छ । 

प्रतिक्रिया दिनुहोस्