राष्ट्रपति भण्डारीद्वारा श्रीकृष्ण जन्माष्टमी र गौराको शुभकामना सन्देश


काठमाडौँ, १४ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वले नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेर राख्ने बताएकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो कुरा बताएकी हुन् । 

राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आजै गौरा पर्वको अवसरमा देशवासीलाई शुभकामना सन्देश दिएकी छिन् । शुभकामना सन्देशमा नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्